
फिदिम । प्रहरीले सुनसरीका छुट्टा छुट्टै स्थानबाट लागूऔषध ब्राउनसुगर सहित ६ जनालाई पक्राउ गरेको छ ।
हिजो बेलुका ७ बजे बराहक्षेत्र नगरपालिका–३ बाङ्गेबाट इलाका प्रहरी कार्यालय महेन्द्रनगर र १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर आरआइटी समूहबाट खटिएको प्रहरी टोलीले बिशेष सूचनाका आधारमा ब्राउनसुगर सहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोहीका पुरुषोतम मेहता, बिशाल बस्नेत, पाथे चन्द्रबंशी र जयन्त माइला रहेका छन् ।
प्र १–०२–०४४ प ४५५६ र प्र १–०२–०४२ प ४२२९ नम्बरको मोटरसाईकलमा सवार रहेका उनीहरुका साथबाट ब्राउनसुगर ७ ग्राम ४३० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ । दुवै मोटरसाइकल र र पक्राउ परेका चारै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
त्यस्तै सुनसरीकै धरानङ१० स्थित रहेको ड्रिमल्याण्ड होटलबाट इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सप्तरी राजविराज नगरपालिका–११ वर्मदेव चौधरी र धरान ३ का मोहम्मद नुरदिनलाई ब्राउन सुगर ३ ग्राम सहित पक्राउ गरी अनुसन्धान गरिरहेको उक्त कार्यालयले जनाएको छ ।