करेन्ट लागेर एक जनाको मृत्यु



इलाम, ७ भदौ ।

इलामको रोङ गाउँपालिका–६ सलकपुरकी ५० बर्षीया मैस्याङ तामाङको करेन्ट लागेर मृत्यु भएको छ ।

हिजो दिउँसो साढे १० बजे आफ्नै पुरानो घरमा घाँस काट्नका लागि घास काट्ने मेशिनमा लाइनमा जोड्न जाँदा मेशिनमाथि राखेको स्वीटर बेरिन गई स्वीटर निकाल्ने क्रममा करेन्ट लागेर तामाङ घाइते भएकी थिइन् । उनलाई उपचारका लागि लैजान घरमा ल्याई पुर्‍याउँदा दिउसो ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाए लगत्तै प्रहरी चौकी जिर्मले र इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी टोली खटिई कानूनी प्रकृया अगाडि बढाएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्