बुधवार थप ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि, एक जनाको मृत्यु



फिदिम, २ भदौ

पाँचथरमा पछिल्लो २४ घण्टामा थप ३१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

जिल्ला प्रशासन कार्यालय पाँचथरको कोभिड–१९ दैनिक प्रतिवेदनअनुसार आज ७७ जनाको एण्टिजेन परीक्षण गर्दा ३१ जनाको रिपोर्ट पोजेटिभ आएको हो । यो सँगै जिल्लामा कूल सङ्क्रमितको संख्या ३ हजार ७७५ पुगेको छ । जसमध्ये ३ हजार १०० जना सङ्क्रमणमुक्त भएका छन् ।

पाँचथरमा अहिले ६०० जनाभन्दा बढी कोभिड–१९ का सक्रिय सङ्क्रमित रहेका छन् । हिजोबाट जिल्लामा निषेधाज्ञा खुकुलो भएको छ ।

कोभिड–१९ सङ्क्रमणका कारण आज थप एक जना महिलाको ज्यान गएको छ । यो सँगै जिल्लाभित्रै मृत्यु हुनेको संख्या १९ पुगेको छ । यस्तै जिल्लामा उपचार हुन नसकी २९ जनालाई अन्य स्थानमा रेफर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्