ट्याक्टरले ठक्कर दिँदा फुङलिङ नगर प्रमुखले प्रयोग गर्ने सवारीमा क्षति



ताप्लेजुङ । बालुवाले भरिएको ट्याक्टरको ठक्करबाट ताप्लेजुङको फुङलिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेलले प्रयोग गर्ने सवारीमा क्षति पुगेको छ ।

नगरप्रमुख प्याकुरेललाइ नगरपालिकाको कार्यालय छाडी छुटेको सामान लिन प्याकुरेलको घर पुगेर फर्कदै गरेको मे १ झ १६३ नम्बरको सवारीमा चालक सञ्जिव श्रेष्ठ मात्रै रहेका थिए । नगरपालिकातर्फ आउँदै गरेको नगरपालिकाको सवारीलाइ बालुवाले भरिएको ट्याक्टरले ठक्कर दिएको थियो ।

ट्याक्टरको ठक्करबाट नगरपालिकाको सो सवारीमा क्षति पुगे पनि मानवीय क्षति नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । नगरप्रमुख प्याकुरेलले क्षति पुगेको सवारी मर्मतको कार्य अघि बढाउने लगायतका कार्यका लागि आफुले ट्याक्टरधनीसंग कुरा गरेको वताए ।

ट्राफिक प्रहरीले अन्य आवश्कीय प्रकृया सुरु गरेको जनाएको छ । रोकी राखिएको ट्याक्टरले अचानक सडकमा गुडिरहेको गाडीलाइ ठक्कर दिएको जानकारी ट्याक्टरधनीले आफुलाइ गराएको नगरप्रमुख प्याकुरेलले जानकारी दिए । (इउज्यालो पोष्टबाट साभार)

प्रतिक्रिया दिनुहोस्