ब्राउनसुगरसहित पाँच जना पक्राउ



फिदिम । सुनसरीको इनरुवा नगरपालिका–४ पूर्वपश्चित राजमार्गमा पर्ने इनरुवा बसपार्कबाट कारमा सवार पाँच जनालाई लागूऔषध ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालिनी–१४ का २० बर्षीय अमोदकुमार यादव, सप्तरी तिलाठी कोलारी–४ का २० बर्षीय इनरकुमार मुखिया, सप्तरी रामपुर मलहनिया–१४ का २४ बर्षीय बिनोदकुमार कामत, सप्तरी तिलाठी कोलारी–४ का १९ बर्षीय रमेश मुखिया र कार चालक तिलाठी कोलारी–४ का २२ बर्षीय फुलकुमार मुखिया रहेका छन् ।

हिजो बेलुका ८ बजे बिशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण व्यूरो विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले पश्चिमबाट आउदैँ गरेको बा १४ च ६१४५ नम्बरको कारलाई रोकी कारमा सवार पाँच जनालाई चेकजाँच गर्दा अमोदकुमार यादवको साथबाट लागूऔषध ब्राउन सुगर १३० ग्राम फेला परेको हो । ब्राउन सुगर फेला परे पश्चात थप अनुसन्धानका लागि कार सहित पाचैँ जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्