पाँचथरमा चार दिनमा ४५३ जनाको परीक्षण, १५५ मा सङ्क्रमण पुष्टि



फिदिम, २६ साउन ।

पाँचथरमा पछिल्लो चार दिनमा पीसीआर र एण्टिजेन प्रविधिबाट ४५३ जनाको सम्भावित सङ्क्रमितको परीक्षण गर्दा १५५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्याअनुसार अहिले पाँचथरमा परीक्षण गरिएका ३४.२१ प्रतिशतमा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

जिल्ला प्रशासन कार्यालय पाँचथरको कोभिड–१९ दैनिक प्रतिवेदनअनुसार गत २० गते सङ्कलित स्वाबको पीसीआर रिपोर्टअनुसार ३८ जनाको परीक्षणमा १५ जना र ४४ जनाको एण्टिजेन परीक्षणमा १२ जना गरी गत शनिवार कूल २७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो ।

आइतवार ७४ जनाको एण्टिजेन परीक्षणमा ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको भने सोमवार २५६ जनाको एण्टिजेन परीक्षण गरिएको थियो । जसमा जसमा ८२ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको थियो ।

मंगलबार ४१ जनाको एण्टिजेन परीक्षणमा १४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि प्रतिवेदनमा जनाइएको छ । यो सङ्ख्यासँगै अहिले पाँचथरमा सङ्क्रमितको कूल संख्या ३५५४ पुगेको छ । जसमध्ये २९३१ जना निको भएका छन् । अहिले जिल्ला अस्पतालको एचडीयूमा १८ जनाको उपचार भइरहेको प्रतिवेदनमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्