
फिदिम । जनता समाजवादी पार्टी (जसपा) सङ्घीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिगमनको खतरा अझै कायम रहेको दाबी गरेका छन् ।
कोरोना झैँ प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउन सक्ने उनको भनाइ छ । पहिलो असंवैधानिक भेरिएन्ट पराजित भए पनि दोस्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउन सक्ने उनको दाबी छ । भट्टराईले चुनाव हुने र गराउने विषयलाई प्रतिगमन भनेका छन् ।
सामाजिक सञ्जालमा भट्टराई लेख्छन् – कोरोना झैँ प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउन सक्छ है१ पहिलो असंवैधानिक भेरिएन्ट पराजित भए पनि दोस्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउन सक्छ । पहिलोले संविधानको सशरीर हत्या गर्दै थियो भने दोस्रो चाहिँ संविधानको आत्मा मार्ने गरी आउन सक्छ।अतः ढुक्क भएर आआफ्ना पार्टी वा गुटतिर नफर्कौँ ।