
झापा, २४ साउन
झापाको गौरीगञ्ज गाउँपालिका–४ कदमगाछीबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर सहित दुई जना महिला पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा दमक नगरपालिका–१ कि ३४ बर्षीया मञ्जु धिमाल र २५ बर्षीया बिमला धिमाल रहेका छन् ।
हिजो राती ९ बजे सीमा प्रहरी चौकी खजुरगाछीबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट ब्राउन सुगर ४४ ग्राम ३०० मिलिग्राम बरामद गरेको हो । उनीहरुलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।