किरण गजमेरले जिते द भ्वाइस अफ नेपाल सिजन–३ को उपाधि



फिदिम । चर्चित गायन रियालिटी शो द भ्वाइन अफ नेपाल सिजन–३ को उपाधि किरण गजमेरले उचालेका छन् ।

टिम प्रमोदबाट प्रतिनिधित्व गर्दै टप–४ मा पुगेका किरणले सर्वाधिक भोटका आधारमा उपाधि उचालेका हुन् । उपाधिसँगै उनले २५ लाख रुपैयाँ सहित विभिन्न पुरस्कारहरु जितेका छन् । टप–४ मा टिम दीपका आर्यन तामाङ, टिम राजुकी तारा श्रीस मगर र टिम तृष्णाका ज्वाला राई पुगेका थिए ।

भुटानी शरणार्थी बावुआमाका छोरा किरण झापाको बेलडाँगी शरणार्थी शिविरमा लामो समय बसी पुनर्बासका क्रममा एक दशकअघि अमेरिका पुगेका थिए । अमेरिकाबाटै प्रतियोगितामा भाग लिन नेपाल आएका किरणले द भ्वाइस अफ नेपाल सिजन–३ को उपाधि चुमेर नेपाली संगीत नेपालमा मात्रै सिमित नरहेको सन्देश समेत दिएका छन् । यो शो हिमालयन टेलिभिजनमा प्रशारणरत छ ।

प्रतिक्रिया दिनुहोस्