एसईई २०७७ को नतिजा प्रकाशित



फिदिम । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ । विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनलाई आधार बनाएर नतिजा प्रकाशित भएको बोर्डले नतिजा प्रकाशित गरेको हो ।

आफ्नो सिम्बोल नम्बर लेखेर ५ रुपैयाँ शुल्कसहित १६०० मा म्यासेज गरी नतिजा प्राप्त गर्न सकिन्छ । यस्तै एनसेलको वेवसाइटमा गइ आफ्नो नतिजा निशुल्क हेर्न सकिन्छ ।

बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले विद्यालयहरुले पठाएको मूल्यांकनलाई बोर्डले प्रमाणीकरण गरेको बताए । विद्यार्थीहरुको जीपीएस बोर्डले नकेलाएको उनको भनाइ छ । ‘४ लाख ७४ हजार २ सय ७८ विद्यार्थीको नतिजा प्रमाणीकरण भएको छ,’ उनले भने, ‘फरक–फरक विद्यालयको फरक–फरक जीपीए छ, त्यसलाई एक ठाउँमा जोडेर तुलना गर्नु व्यवहारिक हुँदैन ।’

पौडलका अनुसार विद्यार्थीको सर्टिफिकेटमा जीपीएस आउँछ, तर बोर्ड आफैंले भने वर्गीकरण गरेको छैन । एसईईको नतिजा www.see.gov.np, www.neb.gov.np लगायतबाट पनि हेर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्