
फिदिम, २२ साउन
पाँचथरमा पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
जिल्ला प्रशासन कार्यालय पाँचथरको कोभिड–१९ दैनिक प्रतिवेदनअनुसार पीसीआर र एण्टिजेन विधिबाट गरिएको परीक्षणमा थप ३८ जनामा सङ्क्रमण पुष्टि भएको हो । आज थपिएका सङ्क्रमितसँगै जिल्लामा कूल सङ्क्रमितको सङ्ख्या ३ हजार ३९९ पुगेको छ ।
प्रतिवेदअनुसार साउन २० गते स्वाब सङ्कलन गरिएका मध्ये २९ जनाको पीसीआर परीक्षण हुँदा ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।बाँकीको रिपोर्ट प्राप्त हुन बाँकी छ । यस्तै दिउँसो ३ बजेअघिको २४ घण्टामा जिल्लामा ८३ जनाको एण्टिजेन परीक्षण गर्दा २९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १६ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । प्रतिवेदनअनुसार आजसम्म कूल २ हजार ६८८ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका हुन् ।
पाँचथरमा अहिले १८ जना सङ्क्रमित कोभिड अस्पतालको एचडीयूमा उपचाररत छन् । पाँचथरमा २८ बेडको एचडीयू र १५९ थान अक्सिजन सिलिण्डर रहेको छ ।