
फिदिम । शुक्रबार थप २५ जनाको संक्रमणबाट मृत्यु भएसँगै कुल मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यसैबीच शुक्रबार थप ३ हजार ७२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ६७५ नमुना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।
यस अवधिमा १ हजार ८८५ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन्। कुल संक्रमितमध्ये मृत्यु हुनेको दर १.५ प्रतिशत र निको हुनेको दर ९३.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ९४२ रहेको छ।