गाउँपालिका उपाध्यक्षको ससुराको निधनमा सार्वजनिक बिदा दिएपछि …



तेह्रथुम । गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी निम्सिना गौतमका ससुराको निधनमा तेह्रथुमको मेन्छयायेम गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अकिकृत विष्णुप्रसाद पोखरेलले सूचना जारी गरेर आज (शुक्रबार) शोक बिदा गरिएको जनाएका छन् । उक्त सूचना सार्वजनिक भएपछि उक्त निर्णयको चौतर्फी आलोचना भएको छ ।

उपाध्यक्षका ससुरा कृष्णप्रसाद गौतमको २१ गते राती ११ः४० मृत्यु भएको र आज २२ गते बिदा दिइएको गाउँपालिकाले जारी गरेको सूचना भनिएको छ । गाउँपालिकाले गाउँपालिकाको कार्यालय, वडा कार्यालयहरु, गाउँपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरु एवं गाउँपालिका मातहतका कार्यालयहरु (स्वास्थ्य संस्थाबाहेक सबैमा) शोक बिदा दिने निर्णय भएको जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष यादवबहादुर खापुङ्गले भने “उपाध्यक्षकै ससुरा हो । गाउँपालिका छेवैमा घर कसो बिदा नदिने भनेर दिएका हौँ ।”

प्रतिक्रिया दिनुहोस्