पाँचथरमा विहीवार थपिए २५ जना सङ्क्रमित



फिदिम, २१ साउन

पाँचथरमा विहीवार थप २५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

जिल्ला प्रशासन कार्यालय पाँचथरको कोभिड–१९ दैनिक प्रतिवेदनअनुसार आज दिउँसो ३ बजेअघिको २४ घण्टामा जिल्लामा कूल ७४ जनाको एण्टिजेन परीक्षण गरिएको थियो । जसमा २४ जनाको रिपोर्ट पोजेटिभ आएको प्रतिवेदनमा उल्लेख छ ।

आज थपिएका सङ्क्रमित सहित जिल्लामा कूल सङ्क्रमितको संख्या ३ हजार ३६१ पुगेको छ । जसमध्ये हालसम्म २ हजार ६७२ जना सङ्क्रमणमुक्त भएका छन् ।

पाँचथरमा ६०० जनाभन्दा बढी सक्रिय सङ्क्रमित छन् । उनीहरु अधिकांश होम आइसोलेसनमा उपचाररत छन् । यस्तै १६ जनाको एचडीयू तथा तीन जनाको आइसोलेसनमा उपचार भइरहेको प्रतिवेदनमा जनाइएको छ ।

पाँचथरमा एचडीयू २८ बेडको रहेको छ भने १५९ थान अक्सिजन सिलिण्डर रहेको छन् । आज सङ्क्रमणदर करीब ३० प्रतिशत देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्