होटलबाट तास खेलिरहेको अबस्थामा नगद सहित ६ जना पक्राउ



फिदिम । झापाको दमक नगरपालिका–८ स्थितमा रहेको पेरुङगो होटलमा तास खेलिरहेको अवस्थामा होटल सञ्चालक सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दमक–७ घर भएका होटल सञ्चालक पदम सुब्बा, दमक–५ का कैलास लिम्बू, सोही स्थानका मोहन ढुंगाना, दमक–६ का द्रोणचार्य कार्की, सोही स्थानका प्रेम सुब्बा र भीम सुब्बा रहेका छन् ।

हिजो बेलुका पौने ५ बजे सो होटलमा जुवाजन्य खेल खेलाइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई तीन बुङ तास, नगद रु. १ लाख ६० हजार सहित पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । पक्राउ परेकाहरु उपर इलाका प्रहरी कार्यालय दमकबाट कानूनी कारबाही अगाडी बढाइएको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्