ब्राउन सुगर सहित २ जना पक्राउ



झापा । झापा अर्जुनधारा नगरपालिका–११ नयाँ बसपार्कमा अटो टेम्पोबाट लागूऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो दिउँसो साढे ११ बजे अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले मे १ ह ३४३१ नम्बरको अटोलाई चेकजाँच गर्ने क्रममा अटो चालक बिर्तामोड–४ का रुपेश साह र अटोमा सवार हल्दिबारी–३ का बिबेक बानियाको साथबाट लागूऔषध ब्राउन सुगर २ ग्राम ९० मिलि ग्राम र नगद रु. २० हजार बरामद भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

अटो सहित पक्राउ परेका उनीहरु उपर इलाका प्रहरी कार्यालय अनारमुनिले अनुसन्धान गरिरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्