पाँचथरमा कोरोनाः ८१ जनाको परीक्षणमा ३० मा सङ्क्रमण पुष्टि



फिदिम, १७ साउन

पाँचथरमा पछिल्लो २४ घण्टामा थप ३० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

आज दिउँसो ३ बजेसम्मको २४ घण्टामा जिल्लामा कूल ८१ जनाको एण्टिजेन परीक्षण भएको थियो । जसमा ३० जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला प्रशासन कार्यालय पाँचथरको कोभिड–१९ दैनिक प्रतिवेदनमा जनाइएको छ ।

आज थपिएका सङ्क्रमित सहित जिल्लामा हालसम्म कूल सङ्क्रमितको संख्या ३ हजार २६१ पुगेको सो प्रतिवेदनमा उल्लेख छ । यी सङ्क्रमितहरु मध्ये हालसम्म २ हजार ६०४ जना सङ्क्रमणमुक्त भएका छन् ।

पाँचथरमा कोभिड–१९ को सङ्क्रमण दर घट्न सकिरहेको छैन् । कन्ट्र्याक टे«सिङमा परेका तथा कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएका सिमित ब्यक्तिहरु मात्रै दैनिक परीक्षणमा जाने हुँदा सङ्क्रमितको पहिचान र सङ्क्रमणको चेन ब्रेक गर्न कठिन परिरहेको छ ।

पाँचथरमा अहिले कोभिड अस्पतालको एचडीयूमा १६ र आइसोलेसनमा २ गरी १८ जनाको उपचार भइरहेको छ । पाँचथरमा हिँजो मात्रै कोरोना सङ्क्रमणका कारण कुम्मायकका एक युवकको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्