‘माधव नेपालजस्ताका लागि पार्टीमा कुनै ठाउँ छैन’ : ओली



काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अब माधव नेपालका लागि ठाउँ नभएको बताएका छन् ।

‘माधव नेपालजस्ताका लागि पार्टीमा कुनै ठाउँ छैन, वामपन्थी सरकार ढाल्ने, दक्षिणपन्थी सरकार बनाउने, विश्वासको मत दिने’ एमालेको काठमाडौँ जिल्ला कमिटीको बैठकलाई शनिबार सम्बोधन गर्दै ओलीले भने ‘आफ्नो पार्टीका प्रधानमन्त्रीले विश्वासको मत माग्दा नदिने, दक्षिण पन्थीको सरकारलाई विश्वासको मत दिन फ्लोर क्रस गर्ने, त्यस्ताका लागि ठाउँ छैन ।’

उनले बाटो बिराएका अरु भने पार्टीमा फर्किन सक्ने बताए । ‘आउनुस् यो पार्टी हामी सबै जनाको हो । जो अउँदैन, आउँदैन । समय कुर्दैन’ ओलीले भने ।

ओलीले जनताको सरकार ढलेर दक्षिणपन्थीको पार्टी बनेको भन्दै प्रतियिक्रयावादीहरुसँग लागेर माधव नेपालले एमालेको सरकार ढालेको आरोप लगाए। ओलीले भने, ‘लगभग दुई तिहाइको स्थितिलाई बहुमतमा पुर्‍याए । प्रतिक्रियावादीहरूसँग मिलेर एमाले सरकार ढाले । एमाले सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएर संविधानको रक्षा गर्यौं भनेका छन् ।’

पार्टीको सरकार ढल्दा अग्रहमणको सपनामा धक्का लागेको उनको भनाइ छ। ‘पार्टीको सरकार ढल्यो, जनताको सरकार ढल्यो, दक्षिणपन्थीको सरकार बन्यो,’ ओलीको भनाइ छ, ‘सुशासन र अग्रमणको सपनामा धक्का लाग्यो।

अध्यक्ष ओलीले आगामी चुनावमा पार्टीले बहुमत ल्याउने दावी गरे । पार्टीमा खुट्टा तान्नेहरु कोही नभएको भन्दै अब सजिलै बहुमत ल्याउन सकिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्