
इलाम । इलाममा पछिल्लो समय निरन्तर कोरोना संक्रमणको ग्राफ बढिरहेको छ । इलाममा आज मात्र थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज थपिएका २० सँगै संक्रमितको संख्या ३४३३ पुगेको छ । आज कोरोना पुष्टि हुनेहरुमा माई नगरपालिकमा ५ महिला र ४ पुरुष, इलाम नगरपालिकाका ४ महिला र ३ पुरुष, माइजोगमाई गाउँपालिकामा २ पुरुष र सन्दकपुर गाउँपालिकमा २ महिला रहेका छन् ।
इलाममा आज थप दुई जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा इलाम नगरपालिका ६ की ४० वर्षीया एक महिला र इलाम नगरपालिका ९ का ८५ वर्षीय एक पुरुष रहेका छन् ।
इलामा अहिलेसम्म कोरोना संक्रमणका कारण ७१ जनाको मृत्यु भएको छ । इलाममा अहिले ९२२ जना सक्रिय संक्रमित रहेका छन् ।