भ्वाइस अफ नेपालको फाइनलमा किरण, तारा, आर्यन र ज्वाला



फिदिम । हिमालय टेलिभिजनमा प्रसारणरत गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–३ मा उत्कृष्ट ४ प्रतिस्पर्धी छानिएका छन्। शुक्रबार भएको सेफिफाइनलबाट चार जना कोचका १–१ जना प्रतिस्पर्धी फाइनलमा प्रवेश गरेका छन्।

फाइनल भिडन्तका लागि टीम दीपबाट आर्यन तामाङ छानिएका छन् । सो टीमबाट गोविन पुन मगर बाहिरिए । टीम प्रमोदबाट किरण गजमेर छानिए । उक्त टीमबाट रबि गहतराज बाहिरिए । यस्तै टीम राजुबाट तारा श्रीष मगर छानिँदा सोनाम तामाङ बाहिरिए । यस्तै टीम तृष्णाबाट ज्वाला राई फाइनलमा प्रवेश गर्दा अफ्रिदा खड्गी बाहिरिएकी छन् ।

चारवटै टीमका एकएक जना ग्राण्ड फिनालेमा प्रतिस्पर्धा गर्नेछन जहाँबाट एकजना यो सिजनको उपाधि बिजेता बन्नेछन् । भ्वाइस अफ नेपाल को फाइनल आउँदो शनिबार २३ गते हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्