पाँचथरमा थप १६५ जनामा कोरोना सङ्क्रमण पुष्टि



फिदिम, १५ साउन

पाँचथरमा पछिल्लो २४ घण्टामा थप १६५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

जिल्ला प्रशासन कार्यालय पाँचथरका अनुसार हिँजो दिउँसो ३ बजेदेखि आज दिउँसो ३ बजेसम्मको २४ घण्टामा पाँचथरमा ३९७ जनाको एण्टिजेन परीक्षण गरिएको थियो । जसमा १६५ जनाको रिपोर्ट पोजेटिभ आएको हो । यो तथ्याङ्कका आधारमा आज परीक्षण गरिएका ४१.५६ प्रतिशतमा कोरोना भाइरस सङ्क्रमण देखिएको हो ।

आज थपिएका सङ्क्रमित सहित जिल्लामा कूल सङ्क्रमितको संख्या ३ हजार २०९ पुगेको प्रतिवेदनमा उल्लेख छ । यी सङ्क्रमित मध्ये हालसम्म २ हजार ५१० जना सङ्क्रमणमुक्त भएका छन् । पाँचथरमा हाल एचडीयूमा १६ जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्