शनिबारदेखि साउन २३ गतेसम्म झापाभर निषेधाज्ञा



झापा – झापाका अधिकांश स्थानीय तहमा निषेधाज्ञा जारी भएको अवस्था आगामी शनिबारदेखि जिल्लाभर निषेधाज्ञा जारी हुने जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ।

आगामी शनिबारदेखि साउन २३ गते रातिसम्म झापा पूर्ण रुपमा बन्द गरिने भएको हो। जिल्ला प्रशासन कार्यालय झापामा चलिरहेको डिसीसीएमसी र पालिका प्रमुखहरूको संयुक्त बैठकले जिल्ला नै सिल गर्ने सहमति भएको कार्यालयले जनाएको छ।

झापाको मेचीनगर, हल्दिबारी, बुद्धशान्ति, कनकाई, कमल, दमक, गौरादह, शिवसताक्षी, अर्जुनधारा र बिर्तामोड यस अघि नै सिल गरिएका छन्। बिहीबार साँझ प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेश अनुसार तरकारी, फलफूल तथा मासु पसल बिहान ६ बजेदेखि ८ बजेसम्म सञ्चालन गर्न अनुमति दिइएको छ।

परीक्षा दिने परीक्षार्थीको आवागमनलाई नरोकिने र मध्यम तथा लामा दुरीका सवारी साधनलाई सञ्चालन गर्ने दिइने आदेशमा जनाइएको छ। तर त्यस्ता सवारी साधनलाई जथाभावी रोक्न निषेध गरिएको छ। (देशसञ्चार डटकमबाट)

प्रतिक्रिया दिनुहोस्