इलाममा ७६ जना नयाँ संक्रमित थपिए, थप एकको मृत्यु



इलाम । इलाममा आज थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । इलाममा निरन्तर कोरोना संक्रमणको ग्राफ बढिरहेको छ । आज थपिएका ७६ जनासँगै इलाममा संक्रमितको संख्या ३३५१ पुगेको छ ।

इलाममा आज संक्रमित हुनेहरु इलाम नगरपालिकाका २५ महिला र १० पुरुष, सूर्योदय नगरपालिकामा ८ महिला र १२ पुरुष, देउमाई नगरपालिकामा ५ महिला र ८ पुरुष, माई नगरपालिकामा २ महिला र ३ पुरुष र रोङ गाउँपालिकामा ३ पुरुष रहेका छन् ।

थप एकको मृत्यु

इलाममा कोरोना संक्रमणका कारण आज थप एक संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम नगरपालिका–८ की ७५ वर्षीया महिला रहेकी छिन् । इलामा अहिलेसम्म कोरोना संक्रमणका कारण ६९ जनाको मृत्यु भइसकेको छ । इलाममा अहिले ९९१ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्