
झापा । गएराती झापाको दमकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा एक दम्पत्तिको घटना स्थलमै मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यलय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीका अनुसार सुरुंगाको होटल हेवनका सञ्चालक ४३ बर्षीय पूर्णबहादुर बिष्ट र उहाँकी ३६ बर्षीय श्रीमती हिमा बिष्टको घटना स्थलमै मृत्यु भएको हो ।
प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मोटरसाइकललाई विपरित दिशाबाट आउदै गरेको ट्रकले ठक्कर दिंदा उहाँहरुको मृत्यु भएको हो । बिष्ट दम्पतीले सुरुंगामा लामो समय देखि होटल हेवन सञ्चालन गर्दै आउनुभएको थियो ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ४ ख ८७३० नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको प्र २–०३–०१३ प ४७८७ नम्बरको मोटरसाइकललाई दमक ९ स्थित शान्ति मार्ग नजिकै ठक्कर दिएको थियो।
ट्रकको ठक्करबाट पूर्णबहादुर र भिमा गम्भीर घाइते भएकोमा उनीहरूलाई उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषित गरेको थिए । मोटरसाइकललाई ठक्कर दिने ट्रक र चालकलाई दमक प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।