पाँचथरमा थप ४६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि



फिदिम, ११ साउन

पाँचथरमा पछिल्लो २४ घण्टामा थप ४६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

जिल्ला प्रशासन कार्यालय पाँचथरको कोभिड–१९ दैनिक प्रतिवेदनअनुसार आज दिउँसो तीन बजेसम्मको २४ घण्टामा थप ४६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

प्रतिवेदनअनुसार साउन ९ गते ४४ जनाको स्वाब सङ्कलन गरी पीसीआर परीक्षणका लागि विराटनगर पठाइएकामा २४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै पछिल्लो २४ घण्टामा फिदिम सहित जिल्लाका विभिन्न स्थानमा गरी ३७ जनाको एण्टिजेन परीक्षण गर्दा २२ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

आज ४६ जना सङ्क्रमित थपिएसँगै जिल्लामा कूल सङ्क्रमितको संख्या २ हजार ८८२ पुगेको छ । यी सङ्क्रमितहरु मध्ये २ हजार ४०७ जना भने सङ्क्रमणमुक्त भएका छन् ।

हिँजो पाँचथरमा ९२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । पाँचथरमा गत वैशाक २७ गतेबाट निषेधाज्ञा जारी छ । यद्यपी पछिल्लो समयसम्म पनि सङ्क्रमण घट्न सकेको छैन् । आज भने सङ्क्रमण दर झनै चिन्ताजनक देखिएको छ ।

यसैवीच आज बसेको जिल्ला कोभिड–१९ सङ्कट ब्यवस्थापन केन्द्रको बैठकले अहिलेकै प्रकृतिमा निषेधाज्ञा एक साता थप्ने निर्णय गरेको छ । यसअघि जारी निषेधाज्ञाको समय आज मध्यरात समाप्त हुदैछ ।

प्रतिक्रिया दिनुहोस्