नेपाल आइडल सिजन–४ मा को को हुन सक्छन् निर्णायक ?



फिदिम । चर्चित रियालिटी सो नेपाल आइडलको चौथो सिजन प्रसारण हुने खबर केही दिन अगाडि सार्वजनिक भएको थियो । पुनः नयाँ प्रतिभाको खोजी गर्दै प्रसारणमा आउने खबरले दर्शकहरू निक्कै नै उत्साहित छन् ।

यस पटक भने शोले जज (निर्णायक)हरू परिवर्तन गर्ने भएको छ । एकातिर उत्साहित छन् भने अर्कातिर सोमा जज को को हुन्छन् भनेर दर्शकको मनमा कौतुहलता हुन थालेको छ । साथै कतिले त यो जज भए सो अझै उत्कृष्ट हुन्थ्यो भनेर पनि अड्कल काटेका छन् ।

शम्भुजित बास्कोटा, अमृत गुरुङ, सुगम पोख्रेल, राजेश पायल राई, मेलिना राई लगायत गायक गायिकालाई दर्शकले सोसँग जोड दिएका छन् । यसैगरी रामकृष्ण ढकाल, कर्ण दाश, शीव परियार र अन्जु पन्त पनि जजको रूपमा हुँदा राम्रो भन्ने दर्शकको छनौट हुने गरेको छ ।

फ्रेन्चाइज गायन रियालिटी शो रहेको आइडल पहिलो सिजनबाट नै चर्चामा आउनुका साथै यस रियालिटी शोलाई दर्शकले अत्यधिक रुचाएका थिए । शोबाट धेरै गायक, गायिकाहरुको उदय पनि भएको छ । (सिनेपाटीबाट)

प्रतिक्रिया दिनुहोस्