१६३ जनाको एण्टिजेन परीक्षणमा ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि



फिदिम, १० साउन ।

पाँचथरमा ठूलो संख्यामा कोरोनाभाइरसका सङ्क्रमित थपिने क्रम रोकिएको छैन् । यस क्रममा आइतवार जिल्लाका विभिन्न स्थानमा १६३ जनामा गरिएको एण्टिजेन परीक्षणमा ५९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

जिल्ला प्रशासन कार्यालय पाँचथरको कोभिड–१९ दैनिक प्रतिवेदनअनुसार आइतवार ५९ जनामा सङ्क्रमण पुष्टि भएसँगै हालसम्म जिल्लामा कोरोनाभाइरसका सङ्क्रमितको संख्या २ हजार ८३६ पुगेको छ । जसमध्ये २ हजार ३९० जना सङ्क्रमणमुक्त भएका छन् ।

यस्तै हाल जिल्लामा कोभिड अस्पतालको एचडीयूमा ९ जना उपचाररत छन् । शनिवार फिदिममा ४४ जनाको स्वाब सङ्कलन गरिएको छ । जसको पीसीआर परीक्षणको रिपोर्ट आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्