
मोरङ, ९ साउन ।
मोरङ वेलबारी नगरपालिका–६ का ६३ बर्षीय पदमबहादुर गुरुङको करेन्ट लागेर मृत्यु भएको छ ।
हिजो बेलुका पौने ४ बजे सोही स्थानमा रहेको सिमावान स्थित कयार खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैँलाई करेन्ट लागेर गुरुङको मृत्यु भएको हो । घटनाको इलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेको छ ।