पिलरले लागेर बालकको मृत्यु



इलाम, ९ साउन ।

इलाम नगरपालिका–१ नेपालटारका हर्कबहादुर गुरुङको घरमा डेरा गरी बस्ने इलाम नगरपालिका–६ खरेलडाडा घर भएका बचासदिप रिजालको छोरा ८ बर्षीय ग्रेसदीप रिजालको सिमेन्टको पिलर ढलेर लाग्दा मृत्यु भएको छ ।

हिजो बेलुका पौने ६ बजे छतमा खेल्ने क्रममा घर बनाउनका लागि बनाई राखेको पक्की सिमेन्टको पिलर भित्तामा ठाडो पारेर राखेको अचानक ढली किचेर गम्भीर घाइते भएका बालकको उपचारका लागि जिल्ला अस्पताल इलाम पुर्‍याउदा मृत्यु भएको हो । घटनावारे इलाम प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्