तल्लो तहका सबै अधिवेशन स्थगित गर्ने कांग्रेसको निर्णय



फिदिम । नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन् ।

आज बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले साउन १२ गते हुने वडा तहका अधिवेशनलगायत सबै तहका अधिवेशन स्थगनको निर्णय गरेको हो । केन्द्रीय कार्यसमिति बैठकले अधिवेशनको अर्को कार्यतालिका सार्वजनिक गर्ने नेता अर्जुननरसिंह केसीले जानकारी दिए ।

प्रधानमन्त्री एवम् पार्टी सभापति शेर बहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले अधिवेशनको अर्को कार्यतालिका नबन्दासम्म सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । वडा अधिवेशन तोकिएको १२ गते क्रियाशील सदस्यता छानबिन समितिले केन्द्रीय समितिलाई आफ्नो प्रतिवेदन बुझाउने केसीले बताए ।

कांग्रेसको महाधिवेशन भदौ दोस्रो साता तोकिएको छ । तर, सदस्यता विवाद टुंगो नलागेको र तल्ला तहका अधिवेशन समेत स्थगित भएपछि महाधिवेशनको विकल्पका बारेमा समेत छलफल सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्