पाँचथरमा थप ९२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि



फिदिम, ८ साउन ।

पाँचथरमा पछिल्लो २४ घण्टामा थप ९२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

जिल्ला प्रशासन कार्यालय पाँचथरको कोभिड–१९ दैनिक प्रतिवेदनअनुसार हिँजो दिउँसो ३ बजेदेखि आज दिउँसो ३ बजेसम्म १७१ जनाको एण्टिजेन परीक्षणको रिपोर्ट प्राप्त हुँदा थप ९२ जनामा सङ्क्रमण पुष्टि भएको हो । यो संख्या थप भएसँगै जिल्लामा कोरोनाभाइरसका सङ्क्रमितको कूल संख्या २ हजार ७७७ पुगेको छ ।

सङ्क्रमितहरु मध्ये २ हजार ३६५ जना निको भएका छन् भने ९ जनाको अस्थायी कोभिड अस्पतालको एचडीयूमा उपचार भइरहेको छ । यस्तै हालसम्म थप उपचारका लागि जिल्लामा परीक्षण गराई पोजेटिभ नतिजा आएका २९ जनालाई जिल्ला बाहिर रेफर गरिएको छ ।

पाँचथरको कोरोनाभाइरस सङ्क्रमितको उपचारका लागि तीन वटा अस्पतालमा गरी ४५ वटा बेड रहेको, जसमा २८ बेडको एचडीयू रहेको र १५९ थान अक्सिजन सिलिण्डर रहेको जिल्ला प्रशासन कार्यालयको दैनिक प्रतिवेदनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्