
फिदिम, ३ साउन
पाँचथरको फिदिम नगरपालिका–९ लुम्फाबुङका ३० बर्षीय शुक्रराज राई भरुवा बन्दुक सहित पक्राउ परेका छन् ।
प्रहरी चौकी नवमीडाँडाबाट खटिएको प्रहरी टोलीले शनिवार दिउँसो लोड भएको १ थान भरुवा बन्दुक सहित राई गाउँबाट पक्राउ परेका हुन् । हतियार सहित पक्राउ परेका राईका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।