ब्राउनसुगर सहित पाँच जना पक्राउ



फिदिम, ३ साउन ।

झापा र उदयपुरका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागूऔषध ब्राउनसुगर सहित पाँच जना पक्राउ परेका छन् ।

शनिवार दिउँसो इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–३ का ३० बर्षीय प्रफुल राजंशीलाई २ ग्राम २३० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ । राजवंशीका साथबाट प्रहरीले लागूऔषध सहित डिजिटल काटा १ थान, नगद ५,२३० रुपैयाँ र बिभिन्न कम्पनीको ४ थान मोवाइल समेत बरामद गरेको छ ।

यसैगरी उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले बेलका नगरपालिका–९ बाट लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले शनिवार राती १० बजे ७५ मिलिग्राम ब्राउनसुगर सहित स्थानीय ३६ बर्षीय दिनेश खड्का, बेलका नगरपालिका–२ का ३७ बर्षीय बिनोद परियार, बेलका नगरपालिका–७ का २८ बर्षीय मेजरमान राई र २९ बर्षीय बोगटी भनिने जीवन राई लाई पक्राउ गरेको हो । लागूऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्