
फिदिम, ३ साउन
प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।
प्रतिनिधिसभामा आज देउवाले राखेको विश्वासको मतमा देउवाका पक्षमा १६५ जना सांसद्ले मतदान गरे । देउवालाई नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एमालेको माधव नेपाल समूह र जनमोर्चाका सांसद्को मत प्राप्त गरे । विगतमा एमाले अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा रहेका चार जना सांसदले समेत देउवालाई मत दिएका हुन् ।
विश्वासको मतको विपक्षमा ८३ मत परेको छ । विश्वासको मतको विपक्षमा एमालेको संस्थापन पक्षकै कतिपय सांसदले मतदान गरेनन् भने माधव नेपालसँग नजिक रहेका कतिपय सांसद मतदान नगरी बाहिरिएका थिए ।