जलेर चार बर्षीया बालिकाको मृत्यु



ओखलढुङगा, ३ साउन ।

सिन्धुली फिक्कल–५ बस्ने समिता राई खड्काकी ४ बर्षीया छोरी धनकुमारी खड्काको जलेर मृत्यु भएको छ ।

ओखलढुङ्गा मानेभञ्ज्याङ–६ स्थितमा रहेको मामा घरमा आएको अवस्थामा मामा घरको गाइगोठमा आज दिउसो १ बजे हातमा लाइटर बोकी खेल्ने क्रममा अचानक लाइटर सल्केर फुसको छानो भएको गाइगोठमा आगलागी हुँदा सोही आगोमा जलेर बालिका धनकुमारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

यसै गरी गोठमा रहेका २ वटा गाई र ४ वटा बाख्राको समेत जलेर मृत्यु भएको छ । घटना स्थलमा प्रहरी टोली खटिएर गई कानूनी प्रकृया पूरा गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्