करेन्ट लागेर दुई जनाको मृत्यु



फिदिम, ३ साउन ।

सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

बराहक्षेत्र नगरपालिका–२ का २९ बर्षीय कृष्ण घिमिरेको शनिवार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै घर वरीपरी हात्ती रोक्नका लागी लगाइएको फलामको तारमा छुँदा अचानक करेन्ट लागेर घाइते भएका घिमिरेको उपचारको क्रममा वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान धरानमा मृत्यु भएको हो ।

यसैगरी इटहरी–१७ का मनोज खत्रीको पनि करेन्ट लागेर मृत्यु भएको छ । शनिवार साँझ ६ बजेको समयमा घर नजिकै रहेको माछा पोखरीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक आफैँलाई करेन्ट लागेर घाइते भएका खत्रीलाई उपचारको लागि बिराट टिचिङ हस्पिटल बिराटनगर लगिएकामा उपचारको क्रममा बेलुका ७ बजे मृत्यु भएको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्