
फिदिम, २ साउन
आगलागीमा परी घाइते भएका यहाँका एक ब्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ ।
खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा घाइते भएका फिदिम नगरपालिका–४ जोरसालका ४९ वर्षीय दीननाथ सापकोटाको गएराती मृत्यु भएको परिवारजनले जनाएका छन् । बावुको काजकृयामा बसेका सापकोटा गत जेठ २४ गते राती आगलागी हुँदा घाइते भएका थिए ।
पचारका क्रममा झापाको मेची प्रादेशिक अस्पतालमा सापकोटाको गएराती मृत्यु भएको हो । उनीसँगै घाइते भएकी उनकी आमा ७२ वर्षीया चनमाया सापकोटाको गत जेठ २६ गते मृत्यु भएको थियो । दीननाथका बावु भगीरथ सापकोटाको गत जेठ २४ गते मृत्यु भएको थियो ।
भगीरथको मृत्युपछि काजकृयाको सुरुआत गरेकै दिन जेठ २४ गते राती आगलागी हुँदा कोरामा बसेका तीन जना घाइते भएका थिए । घाइतेहरुको शरीरका विभिन्न भाग आगलागीमा परी जलेका थिए । घाइतेमध्ये मृतक दीननाथका भाइ मदन भने निको भइसकेका छन् । आगलागीमा घाइते तीनै जनालाई उपचारका लागि मेची प्रादेशिक अस्पताल लगिएको थियो ।