
फिदिम । प्रधानमन्त्री केपी ओलीले कोरोनाविरुद्धको १ करोड ५० लाख डोज खोप सहुलियत मूल्यमा खरिद गर्ने तयारी भएको जानकारी दिनुभएको छ । मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले यो जानकारी दिनुभएको हो ।
सन् २०२१ भित्र मोटामोटी रुपमा सबैले कोरोनाविरुद्धको खोप लगाइसक्ने ओलीले बताउनुभयो । खोपका विषयमा विश्वभर माग र आपूर्तिको सन्तुलन नमिलेकाले केही ढिला भएको भन्दै उहाँले अब नियमित खोप कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।
मंगलबार मात्रै १६ लाख अष्ट्राजेनेकाको खोप जापानले दिने सुनिश्चितता गरेको भन्दै प्रधानमन्त्री ओलीले ५० लाख जोनसन एण्ड जोनसन, ४० लाख मोडर्ना, ४० लाख फाइजर र २० लाख कोभिसिल्ड खोप सहुलियत मूल्यमा ल्याउने तयारी गरेको वताउनुभयो ।