कुम्मायकमा बेपत्ता भएकी बालिका तमोर नदीमा डुबेको अवस्थामा मृत फेला



फिदिम । मंगलबारदेखि हराएकी कुम्मायककी एक बालिका तमोर नदीमा डुबेको अवस्थामा मृत फेला परेकी छन् ।

नुहाउन साथीहरुसँग तमोर नदीमा गएर गत मंगलबारदेखि वेपत्ता भएकी कुम्मायक गाउँपालिका–३ कात्तिकेका पद्मसुन्दर सम्बाहाम्फेकी आठ वर्षीया छोरी करिस्माको खोजी गर्ने क्रममा आज तमोर नदीमा मृत फेला परेकी हुन् ।

गत मंगलबार दिउँसो सिम्रा पुल आसपासमा साथीहरुसँग तमोर नदमिा नुहाउ‘न गएकी उनी एकाएक बेपत्ता भएपछि स्थानीयवासी तथा प्रहरीले खोजी जारी राखेका थिए । खोजीकै क्रममा आज तमोरमा डुवेर मृत्यु भएको अवस्थामा बालिकाको शव फेला परेको हो । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल फिदिम पठाइएको इलाका प्रहरी कार्यालय यासोकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्