
फिदिम । झापामा करेण्ट लागेर विद्युत प्राधिकरणका एक कर्मचारीको मृत्यु भएको छ ।
बिर्तामोड नगरपालिका–४ जात्रुबाडीका ६१ बर्षीय कुलबहादुर भट्टराईको करेण्ट लागेर मृत्यु भएको हो । आज बिहान साढे ७ बजे सोही नगरपालिका–८ बाह्रबिघे स्थित रामकुमारी दर्जीको घरमा मिटर जडान गर्नका लागि बिजुलीको पोलमा चड्ने क्रममा भट्टराईलाई करेण्ट लागेको थियो । करेण्ट लागेर जमिनमा खस्दा टाउकोमा चोट लागेका उनी गम्भीर घाइते भएका थिए ।
यसपछि उपचारका लागि विर्तामोड स्थित विएण्डसी अस्पताल पुर्याउँदा भट्टराईको मृत्यु भएको हो । उनी विद्युत प्राधिकरणको अनारमनी वितरण केन्द्रका कर्मचारी रहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।