
फिदिम । इलामको इलाम नगरपालिका–१२ का एक ब्यक्तिले खुकुरी प्रहार गरी छिमेकीको हत्या गरेका छन् ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार इलाम नगरपालिका–१२ साङरुम्बा पिप्लेभञ्ज्याङका ४५ वर्षीय यमबहादुर साँवाले सोही स्थानका ५८ बर्षीय धनबहादुर राईमाथि खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।
आज बिहान करीब ७ बजे साँवाले राईको पेटमा खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी गोलाखर्क र जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी टोली खटिई हत्या गर्ने साँवालाई खुकुरी सहित पक्राउ गरेको छ ।
हत्याको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान तथा कानूनी प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।