कोरोनाभाइरस सङ्क्रमणः आज परीक्षण भएका ४३ प्रतिशतमा सङ्क्रमण पुष्टि



फिदिम, २२ असार

पाँचथरमा कोरोनाभाइरस सङ्क्रमणको अवस्था अझै चिन्ताजनक अवस्थामा छ । जिल्लामा कोभिड–१९ को सङ्क्रमण दर घट्न नसकेको हो । यस्तै उपचारको प्रवन्ध गर्नुपर्ने विरामीको संख्या समेत उल्लेख्य रुपमा घट्न सकिरहेको छैन् ।

जिल्ला प्रशासन कार्यालय पाँचथरको तथ्याङ्कअनुसार आज जिल्लाका विभिन्न स्थानमा ३५ जनामा एण्टिजेन परीक्षण गरिएको थियो । सो परीक्षणमा १५ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको हो । यो तथ्याङ्कअनुसार कूल परीक्षण भएकामध्ये ४२.८५ प्रतिशतमा सङ्क्रमण देखिएको छ ।

पाँचथरमा गत वैशाक २७ गतेबाट निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा जारी भएको दुई महिना पुगन लागेपनि सङ्क्रमण दर न्यून नहुँदा कोरोनाभाइरस सङ्क्रण नियन्त्रण चुनौतिपूर्ण बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्