
फिदिम, २० असार
पाँचथरमा अझै पनि कोरोनाभाइरस सङ्क्रमण दर घट्न सकेको छैन् । परीक्षण भएको संख्यामा उल्लेख्य प्रतिशतमा सङ्क्रमण पुष्टि हुँदै आएको छ ।
आइतवार पनि पाँचथरमा ६८ जनामा एण्टिजेन परीक्षण गर्दा ३२ जनामा सङ्क्रमण देखिएको छ । स्वास्थ्य कार्यालय पाँचथरलाई स्रोत मान्दै जिल्ला प्रशासन कार्यालय पाँचथरले आइतवार जारी गरेको दैनिक प्रतिवेदनअनुसार आज थप भएको संख्यासँगै जिल्लामा सङ्क्रमितको कूल संख्या २३३० पुगेको छ ।
तर २३३० जना सङ्क्रमितमध्ये आइतवारसम्ममा १९२५ जना निको भएका छन् । जिल्ला भित्र सङ्क्रमण पुष्टि भएकामध्ये २५ बढीको उपचारका क्रममा मृत्यु भएको छ । जसआधारमा अहिले जिल्लामा करीब ४०० जना सक्रिय सङ्क्रमित रहेका छन् ।
अहिले पनि अस्थायी कोभिड अस्पतालमा १५ जना उपचाररत छन् । हालसम्म जिल्लामा उपचार सम्भव नभएका २६ जनालाई जिल्ला बाहिर रेफर गरिएको छ ।