
फिदिम, २१ असार
पाँचथरमा आज ३९ जनामा गरिएको एण्टिजेन परीक्षणमा २१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।
जिल्ला प्रशासन कार्यालयको दैनिक प्रतिवेदनअनुसार आज २१ जना सङ्क्रमित थपिएसँगै जिल्लामा कोभिड–१९ का सङ्क्रमितको कूल संख्या २३५१ पुगेको छ । जसमध्ये हालसम्म १९२९ जना निको भएका छन् ।
जिल्लामा अस्थायी कोभिड अस्पतालमा हाल १३ जना उपचाररत छन् भने आजसम्म २८ जनालाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ ।
पाँचथरमा आज थप एक जनाको कोरोनाभाइरस सङ्क्रमणका कारण ज्यान गएको छ । पाँचथरको फिदिम नगरपालिका–२ का ६४ वर्षीय पुरुषलाई थप उपचारका लागि विराटनगर लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।