चीनबाट ४० लाख डोज कोरोनाविरुद्धको खोप ल्याउने तालिका सार्वजनिक



फिदिम । चीनबाट कोरोनाविरुद्धको खोप ल्याउने उडान तालिका सार्वजनिक भएको छ ।

चीनबाट ल्याउने भनिएको ४० लाख डोज कोरोना खोपको तालिका प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले सार्वजनिक गरेका हुन् । तालिका अुनसार असार २४ गते नेपाल एयरलाइन्सको विमान खोप ल्याउन बेइजिङ उड्नेछ। २५ गते खोप ल्याएर नेपाल फर्किनेछ ।

खोपका लागि अर्को उडान असार ३१ गते हुनेछ। चीनबाट खोप लिएर साउन १ गते नेपाल फर्किनेछ । यसैगरी, साउन ७ गते तेस्रो उडान हुनेछ। ८ गते कोरोना खोप लिएर नेपाल फर्किने कार्य तालिका रहेको छ ।

यसरी सार्वजनिक तालिकाअनुसार तीन पटकमा गरेर आउँदो साउन ८ गतेसम्म ४० लाख डोज खोप काठमाडौँ आइपुग्नेछ । सरकार–सरकार (जीटुजी) ननडिस्क्लोजर एग्रिमेन्ट (गोप्य सम्झौता) गरेर खोप ल्याउन लागिएकाले यसबारेमा विस्तृत खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्