
फिदिम, १९ असार
पाँचथरको फिदिममा आज २० जनामा गरिएको एण्टिजेन परीक्षणमा १० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।
जिल्ला प्रशासन कार्यालय पाँचथरले स्वास्थ्य कार्यालयको तथ्याङ्कका आधारमा जारी गरेको कोभिड–१९ दैनिक प्रतिवेदनअनुसार जिल्लामा हालसम्म दुई हजार २६६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये एक हजार ८६८ जना सङ्क्रमणमुक्त भएका छन् ।
हाल अस्थायी कोभिड अस्पतालमा १२ जना उपचाररत रहेका छन् । यस्तै जिल्लामा उपचार सम्भव नभई २६ जना सङ्क्रमितलाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ ।