युरोकप क्वाटरफाइनलः चेक रिपब्लिक र डेनमार्क तथा इंग्ल्यान्ड र युक्रेन भिड्दै



एजेन्सीः युरोकप फुटबल अन्तर्गत आज (शनिबार) राति क्वाटरफाइनलका दुई खेलहरु हुँदैछन् ।

युरोकप अन्तर्गत शनिबार क्वाटरफाइनलको अन्तिम दुई खेलमा चेक रिपब्लिक र डेनमार्क भिड्दा दोस्रो खेलमा युक्रेन र इंग्ल्यान्ड प्रतिस्पर्धा गर्नेछन् । अजरबैजानको बाकु ओलम्पिक स्टेडियममा चेक रिपब्लिक र डेनमार्कबीचको खेल हुनेछ । यो खेल नेपाली समय अनुसार राति ९स्४५ बजे सुरु हुनेछ ।

चेक रिपब्लिकले प्रि(क्वाटरफाइनलमा उपाधि दाबेदार मानिएको नेदरल्यान्ड्सलाई हराएको थियो । चेक रिपब्लिकले १० खेलाडीमा सिमित नेदरल्यान्ड्समाथि २–० गोलको जित निकालेको थियो ।

डेनमार्कले भने प्रि–क्वाटरफाइनलमा वेल्सलाई फराकिलो अन्तरले हराएको थियो । १० खेलाडीमा सिमित वेल्सलाई ४–० गोल अन्तरले पराजित गर्दै डेनमार्कले अन्तिम आठको यात्रा तय गरेको हो ।

त्यस्तै, इटालीको रोममा इंग्ल्यान्ड र युक्रेनबीचको अन्तिम क्वाटरफाइनल खेल हुनेछ । स्टाडियो ओलम्पिकोमा हुने खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

इंग्ल्यान्ड उपाधि दाबेदार जर्मनीलाई पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो । इंग्ल्यान्डले प्रि–क्वाटरफाइनलमा तीन पटकको च्याम्पियन जर्मनीलाई २(० गोल अन्तरले पराजित गरेको थियो ।

युक्रेनले भने स्विडेनलाई पराजित गर्दै इंग्ल्यान्डसँगको भेट पक्का गरेको थियो । युक्रेनले स्विडेनलाई अतिरिक्त समयमा २(१ गोल अन्तरले पराजित गरेको थियो । इंग्ल्यान्ड र युक्रेनबिच हालसम्म ७ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा इंग्ल्यान्डले ४ जित र २ बराबरी खेल्दा एक हार व्यहोरेको छ ।

प्रतिक्रिया दिनुहोस्