
फिदिम, १० असार
पाँचथरमा कोरोनाभाइरस सङ्क्रमणबाट दुई दिनमा तीन जना व्यवसायीको निधन भएको छ ।
बुधबार विहान फिदिमका ५९ वर्षीय ब्यवसायीको उपचारका क्रममा झापाको विर्तासिटी अस्पतालमा निधन भएको छ । जेठ २७ गते कोरोनाभाइरस सङ्क्रमण भएका उनलाई थप उपचारका लागि झापा लगिएको थियो । उपचारका बुधवार उनको निधन भएको हो ।
यस्तै आज दुई जना ब्यवसायीको उपचारका क्रममा झापामै निधन भएको परिवारजनले जनाएका छन् । आज विहान फिदिमकै ४४ वर्षीया ब्यवसायीको मृत्यु भएको हो । केही दिनअघि कोरोनाभाइरस सङ्क्रमण भएकी ती महिलाको झापाको विर्तासिटी अस्पतालमा उपचार भइरहेकामा आज निधन भएको हो ।
यस्तै गत जेठ १७ गते कोरोनाभाइरस सङ्क्रमण पुष्टि भई झापाको विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचाररत फिदिमका ५० वर्षीय ब्यवसायीको समेत आज विहान निधन भएको छ । श्वासप्रश्वासमा समस्या रहेका उनको भेण्टिलेटरमा राखी उपचार भइरहेकामा आज उपचारकै क्रममा निधन भएको परिवारजनले जनाएका छन् ।