एक युवकको लडेर तथा एकको कोरोना सङ्क्रमणबाट मृत्यु



फिदिम, ४ असार

पाँचथरमा आज एक युवकको लडेर तथा एक युवकको कोरोनाभाइरस सङ्क्रमणका कारण ज्यान गएको छ ।

पाँचथरको फिदिम नगरपालिका–३ का ३९ वर्षीय जयकुमार राईको सोही वडाको फुस्रेडाँडामा भीरबाट लडेर मृत्यु भएको छ । घटना आज विहान करीब १० बजे भएको हो । घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै पाँचथरको फालेलुङ गाउँपालिका–७ का एक युवकको कोरोनाभाइरस सङ्क्रमणका कारण ज्यान गएको छ । फिदिम नगरपालिका–२ पल्लोटारमा बसोबास गर्दै आएका उनमा असार १ गते कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो ।

स्वास्थ्यमा समस्या आएपछि आज जिल्ला अस्तपाल भर्ना गरिएकामा थप उपचारका लागि झापा लैजाने तयारी गर्दैगर्दा मृत्यु भएको परिवारजनले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्