

एजेन्सी । युरोकपमा आज राति ‘ग्रूप अफ डेथ’ मानिएको समूह ‘एफ’ को दुई खेलमा प्रतिस्पर्धा हुँदैछ ।
जसमा साविकको विजेता पोर्चुगलले घरेल टोलीको आतिथ्यता गर्दा विश्वविजेता तथा युरोको साविक उपविजेता फ्रान्सले जर्मनीको सामना गर्दैछ । साविक विजेता समेत रहेको पोर्चुगलले हंगेरीसँग उसैको घरेलु मैदान बुडापेस्टमा खेल्नेछ । पुस्कास एरिनामा हुने पोर्चगल र हंगेरीबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ ।
पुस्कास एरिनामा मैदान उत्रदा पोर्चुगल सुखद सुरुवात गर्ने योजनामा हुनेछ । तर, घरेलु टिम हंगेरीलाई हराउँन पोर्चुगललाई सहज भने हुने छैन । आज हुने दोस्रो खेलमा विश्वकप विजेता फ्रान्सले जर्मनीसँग खेल्नेछ । फ्रान्स र जर्मनीबीचको खेल म्युनिखस्थित एलिनाज स्टेडियममा हुनेछ । खेल राति १२ः४५ बजे सुरु हुनेछ ।
घरेलु टिमविरुद्ध मैदान उत्रदा फ्रान्स जित निकाल्ने योजनामा हुनेछ । विश्व विजेता फ्रान्स पहिलो खेलमै बलियो टिम जर्मनीलाई हराएर उपाधि दाबेदार प्रस्तुत गर्न चाहन्छ । तर जर्मनीविरुद्ध उसैको मैदानमा जित निकाल्न फ्रान्सलाई सहज भने हुने छैन ।
जर्मनी पनि फ्रान्सलाई हराएर सानदार सुरुवात गर्न चाहन्छ । फ्रान्स र जर्मनीबीच अहिलेसम्म मुख्य प्रतियोगितामा ६ पटक प्रतिस्पर्धा भएको छ । जसमा दुबै टोलीले २/२ खेल जितेको छ । दुई खेल भने बराबरीमा सकिएको छ ।